एमालेका केन्द्रीय सदस्य कुशवाहा र शर्माले लिए शपथ

3.1k
Shares

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्यद्धय कुन्दन कुशवाहा र मञ्जु शर्मालाई शपथ गराएका छन् ।

आइतबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच रौतहट कटहरिया ५ का पूर्व प्रदेश सांसद समेत रहेका कुशवाहा र पोखराकी शर्मालाई पार्टी केन्द्रीय सदस्यको रूपमा प्रधानमन्त्री ओलीले शपथ गराएका हुन् ।

उक्त अवसरमा पार्टी महासचिव शंकर पोखरेल, अच्युत मैनाली, सुमन प्याकुरेल लगायत १५ जना भन्दा बढी पार्टी केन्द्रिय पदाधिकारीको सहभागिता रहेको थियो ।

गत साउन १७ गते एमाले केन्द्रीय समितिको बसेको बैठकले कुशवाहा, शर्मा लगायतलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । एमालेका तत्कालीन पोलिटब्युरो सदस्य पूर्वमन्त्री प्रभु साहको टीमबाट तत्कालीन केन्द्रीय सदस्य कुन्दन कुशवाहा पार्टीको टिकट गोजीमा राखेर स्वतन्त्र रूपमा चुनाव लडेका थिए । त्यस लगत्तै नेकपा एमालेले प्रभु साह, कुन्दन कुशवाहा र उनका समर्थकहरुलाई कार्वाही गरेर पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको थियो ।

निर्वाचनमा पराजय भोगेका कुशवाहा प्रभु साह नेतृत्वको आमजनता पार्टीको महासचिव रहँदै गत निर्वाचनमा आफूसँग धोका भएको आरोप लगाउँदै केही महिना अघि पुनस् एमालेमा प्रवेश गरेका थिए ।