प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा दुई नेता बिच विभिन्न राजनीतिक विषयमा विमर्ष भएको छ । भेटका क्रममा प्रधानमन्त्रीले देउवालाई सरकारले गरिरहेका कामबारे जानकारी गराएका थिए ।

देउवाले प्रधानमन्त्रीलाई सरकारले गर्नुपर्ने कामको बारेमा पनि सुझाव दिएका थिए । ‘नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो, केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए, सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए’, भेट पछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।