निर्माणाधीन घरको छतबाट खसेर एक कामदारको मृत्यु


काठमाडौं ।

निर्माणाधीन घरको छतबाट खसेर काठमाडौंको चन्द्रागिरिमा एक कामदारको मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका–१५ स्थित निर्माणाधीन घरमा रंग लगाउने क्रममा नुवाकोट पञ्चकन्या गाउँपालिका-१ का ४१ वर्षीय अर्णबहादुर थापा मगरको मृत्यु भएको हाे ।

चन्द्रागिरि-१५ स्थित एक निर्माणाधीन घरमा रंग लगाउने क्रममा दोस्रो तलाको छतबाट खसेर अर्णबहादुर घाइते भएका थिए ।

छतबाट खस्नासाथ उपचारका लागि कलंकीस्थित सहिद अस्पतालमा पुर्‍याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए । मृतक थापा मगरको शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ।