गठ्ठाघर दुर्घटनाका फरार ट्रक चालक पक्राउ


काठमाडौं ।

भक्तपुरको गठ्ठाघरमा दुर्घटनास्थलबाट फरार भएका ट्रक चालक पक्राउ परेका छन्।

पक्राउ पर्ने ट्रक चालक सर्लाही मलंगवा नगरपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सतेन्द्र श्रेष्ठ रहेका छन् ।

बिहीबार दिउँसो १:४० बजे मध्यपुरठिमी नगरपालिका-३ गठ्ठाघरमा ना. ६ ख. २१७३ नम्बरको ट्रकले बा.४९ प. ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। दुर्घटनाबाट एक जनाको मृत्यु भएको थियो ।

उक्त घटनापछि फरार भएका ट्रक चालकलाई पक्राउ गरिएको प्रहरीले जाकारी दिएको छ । ट्रक काठमाडौं उपत्यका प्रहरी सशस्त्र गण नम्बर २ महाराजगन्जमा राखिएको छ। त्यस्तै स्कुटर प्रहरी वृत्त ठिमीमा राखिएको छ।

मृतकको शव पोस्टमर्टमका लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा लगिएको छ। सुरूमा मृतकको पहिचान भएको भनिए पनि पछि गलत सूचना प्राप्त भएको खुलेको हो। मृतकको सनाखत भइसकेको छैन।