कालिबाबाबाट भीमेश्वर मन्दिरमा कोरा क्षमापुजाको तयारी

188
Shares

दोलखा ।

विहिवार नेपाल आउनुभएका विश्व प्रसिद्ध हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) ले भदौ १ गते शनिवार दोलखास्थित भीमेश्वर मन्दिमा विशेष पुजा गर्नुहुने भएको छ ।

नेपालमा जन्मनु भएपनि उहाँ भारतमा वस्दै आउनुभएको छ । नेपाल र भारतका राजनीतिक नेताहरुले उहाँलाई अत्यन्त धेरै सम्मान गर्दै आएका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाको विशेष निमन्त्रणामा नेपाल आउनुभएका हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) ले शनिवार अपरान्ह्र भीमेश्वर मन्दिरमा विशेष कोरा क्षमापुजा गर्न लाग्नु भएको भीमेश्वर गुठि व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो ।

भीमेश्वर मन्दिरमा पसिना आएको थाहा पाएपछि हिन्दुधर्म गुुरु १००८ बाबा कालिदास (कालिबाबा) ले शनिवार कोरा क्षमापुजा गर्न लाग्नु भएको स्थानीय सामाजिक अभियन्ता प्रविण प्रधानले बताउनुभयो । मुलुकमा केही अनिष्ट हुँदा भीमेश्वरको शिलामा पसिना आउने जनविश्वास रहँदै आएको छ । गत २०८१ साउन ५ गते शनिवार र साउन ९ गते बुधवार भीमेश्वरको शिलामा तीन पटक पसिना आएको थियो । शिलामा पसिना आएको थाहा पाएपछि हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) ले विश्व शान्तिको कामना गर्दै कोरा क्षमापुजा गर्न लाग्नुभएको सामाजिक अभियन्ता प्रविण प्रधानले बताउनु भयो ।

कालिबाबासंग भारतिय जगतगुुरु, सन्तमहात्माहरु र बिशिष्ठ धार्मिक व्यक्तित्वहरु समेत दोलखा आउने प्रधानले बताउनुभयो ।
हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) ले शुक्रवार काठमाडौँको पुशपति नाथ मन्दिर परिसरमा आयोजना भएको महायज्ञमा विशेष प्रवचन दिनु हुने छ भने पशुपति नाथमा विशेष पुजा समेत गर्नुहुने जनाईएको छ ।