गठ्ठाघरमा तनाव : प्रहरीले हान्यो अश्रुग्यास


भक्तपुर ।

भक्तपुरको गठ्ठाघरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

बिहिबार दिउँसो ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि तनाव उत्पन्न भएको हो । उक्त क्षेत्रमा प्रदर्शनकारी आक्रामक भएपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेको छ ।

ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । त्यसपछि स्थानीय बासिन्दाले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले ट्रक चालकलाई कारबाही गर्न माग गरेका छन् । प्रदर्शनकारीले सडकको बीचमा रहेको ट्राफिक आइल्याण्ड पनि भत्काइदिएका छन् ।

दुर्घटनामा मृत्यु भएको महिलाको नामथर र ठेगाना खुलेको छैन । ट्रक चालक फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।