डोटीमा भीरबाट लडेर एक जनाको मृत्यु


डोटी ।

डोटीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलाकी-१७ वर्षीया रुपा साउदको मालेपडको जङ्गलमा घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार निधन भएको हो।

भीरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते भएकी साउदको उपचारका लागि जिल्ला अस्पताल डोटी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।