कुटपिट गरेको १२ दिनपछि रिम्केकाे मृत्यु

कर्तव्य ज्यान मुद्दामा दुईजना पक्राउ

18.24k
Shares

धादिङ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ का रिम्के सार्कीको हत्या गरेको आरोपमा २ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ खहरेका ४२ वर्षीय नवराज धरेल खहरेमा पसल गरि बस्ने नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ पौवाका ३२ वर्षीय भुवन श्रेष्ठ लाई कुटपिट गरि हत्या गरेको आरोपमा अनुसन्धानका लागि हिरासतमा लिएर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए

खहरे बजारमा जुत्ता सिउने पसल रहेको रिम्के सार्की ०८१ साउन १० गते साँझ मोटरसाईकलको साँचो निहुमा भएको विवादमा धरेल र श्रेष्ठले छाती र गुप्ताङ्गमा निलडाम हुनेगरी कुटपिट गरि घाईते पारेको अवस्थामा घर पुगेको मृतककि श्रीमती कविता भुजेल सार्कीले बताए ।

घटनापछि घाईतेले काम गर्न नसकि साउन २१ गते धादिङ अस्पताल लगिएकोमा विरामी गम्भीर भएकोले काठमाडौ रिफर गरेको थियो ।

घटनामा सम्लग्न धरेलले आफ्नो मानिस टेकु अस्पतालमा छ भनी विरामी तेहि लगेपछि छाती र गुप्ताङ्गको घाउ निलडामको उपचार नगरेको र उनलाई रेबिज लागेको भनेर ईन्जेक्सन दिएका थिए । रिम्के सार्कीको साउन २२ गते मृत्यु भएको र आरोपितहरुलाई प्रहरीले साउन २७ गते पक्राउ गरि ७ दिनको म्याद थप गरेर हिरासतमा राखिएको सुचना अधिकारी समेत रहनु भएका मिश्रले बताए । आरोपित धरेलले आफुहरुको कारण विरामी परेको भन्दै रिम्केलाई अस्पताल लानका लागि १२ हजार ५ सय रुपैयाँ समेत नगद दिएर पठाएको थियो ।

खहरे बजारमा २०८० चैतमा एउटा कुकुरले टोकेको रिम्केलाई सोही समयमा धादिङ अस्पताल र टेकु अस्पतालमा एण्टीरेबिज सुई दिएको र नियमित काम गर्दै आएको मृतककी श्रीमती कबिता भुजेल सार्कीले बताइन् । २२ गते मृत्यु भएका श्रीमान रिम्के सार्कीको ज्यान सम्बन्धि मुद्दामा श्रीमती कबिताले साउन २४ गते किटानी जाहेरी दिएकी थिइन्

मृतकका श्रीमतीले न्यायका लागि जिल्ला प्रहरी कार्यालय धादिङ र मानव अधिकारकर्मीहरुसँग आग्रह गर्दै न्याय नपाएसम्म शिक्षण अस्पतालबाट शव नउठाउने बताएकी छन् ।

अनेकन बहाना गरी कुटपिटबाट मृत्यु भएका उनको उपचार समेत प्रभावित पारिएकोले न्याय मर्न दिन नहुने दलित अधिकारको क्षेत्रमा कार्यरत श्याम मगरातीले बताए ।

घाइते भएका मानिसको उपचारमा ल्याउँदा उपचार नगरि छातीमा शरिरमा निलडाम हुँदा समेत उपचार नगरि आरोपितको पक्षमा लागेर बिरामीको मृत्यु भएको स्थानीय, मानव अधिकार कार्यकर्ताहरुले बताएका छन् ।