सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत


काठमाडौं ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्।

बुधबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका थिए। उनलाई कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाले विश्वासको मत दिएका हुन्।

आजको बैठकमा ४५ सांसद उपस्थित थिए। शाहको पक्षमा ३६ मत आउँदा विपक्षमा ८ मत परेको थियो। तटस्थमा १ मत परेको थियो।

सुदूरपश्चिम प्रदेशमा ५३ जना सांसद छन्। कांग्रेस, एमाले र नाउपाले पक्षमा मतदान गर्दा नेकपा एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका ४ जनाले विपक्षमा मतदान गरेका थिए।