प्रचण्डले भने- हतियार व्यवस्थापन गरेका कारण मेरो पार्टी विभाजन भयो तर देश बच्यो

3.76k
Shares

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई टुंग्याउने क्रममा सेना समायोजन र हतियार व्यवस्थापन गरेका कारण पार्टी विभाजन भयो तर देश बचेकाे बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सेना समायोजन र हतियार व्यवस्थापनका लागि हतियार व्यवस्थापन निकै जटिल रहेको बताएका हुन् ।

प्रचण्डले हतियार व्यवस्थापन गरेकै कारणले आफ्नो पार्टी विभाजित भएको समेत दाबी गरे ।

‘हिंसात्मक द्धन्द्ध भनेर लेखेको भनेको देख्छु, माओवादी जनयुद्ध भनेर लेख्न र बोल्न पर्दा जातै जान्छ जस्तो गर्छन,’ प्रचण्डले भने, ‘माओवादी जनयुद्ध नभएको भए यो संसारकै नयाँ मोडेलको शान्ति प्रक्रिया सम्भव भएको हो ।’

उनका अनुसार पुर्णबहादुर खडका नेतृत्वको समितिले नै माओवादी जनयुद्ध भनेर उल्लेख गरेको पनि उनले स्मरण गराएका छन् ।