सर्पले डस्दा छाेरीकाे मृत्यु, आमाकाे अवस्था गम्भीर

2.26k
Shares

काठमाडाैं ।

दाङको घोराहीमा सर्पले डस्दा एक बालिकाकाे मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ गुरुवागाउँमा सर्पले डस्दा ६ वर्षीय बालिका इन्दु चौधरीको मृत्यु भएको हो।

गए राति करिब १ बजेतिर उनीहरूलाई घरमा सुतिरहेका बेला सर्पले डसेको थियो। सर्पले छोरी इन्दुलाई टाउकोमा र आमालाई बायाँ हातमा डसेको थियो।

उनीहरुलाई उपचारकाे लागि परिवारले स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पुर्याएका थिए चिकित्सकले बालिका इन्दुको मृत्यु भएको घोषणा गरे ।

उनकी २५ वर्षीया आमा आश्मा चौधरीको अस्पतालका उपचार भइरहेको छ। आमाछोरीलाई डसेको सर्पलाई बुधबार बिहान वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ।