दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ

16.26k
Shares

काठमाडौं ।

दलित अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झन्डै अढाई २ किलोको साङलो बाधेर प्रतिकात्मक प्रदर्शन गरिरहेका सुनारलाई प्रहरीले नियन्त्रण लिईएको हो ।

बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि नियन्त्रण लिनु परेको प्रहरीले जनाएको छ । हाल उनलाई प्रहरी वृत्त बानेश्वरमा राखेको छ।

उनी गत बुधबारदेखि माइतीघरमा प्रदर्शन गर्दै आएका थिए । तर, आज उनी निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेपछि सुनारलाई पक्राउ गरिएको हो ।