एकसाथ ११ तीज गीत सार्वजनिक


काठमाडौं ।

हरितालिका तीजका लागि राजधानीमा आयोजित एक कार्यक्रमबीच एकसाथ ११ तीजगीत एकैपटक सार्वजनिक गरिएको छ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा आयोजित कार्यक्रममा शान्तिश्री परियारको स्वरमा काली पसम की, सूर्य खड्का र सुनीता बुढा क्षेत्रीको स्वरमा सीताको माइती, शर्मिला गुरुङ र कमला पोखरेलको स्वरमा बाबाको आँगनी, राधिका ढकाल, शारदा रसाइली र कोपिला तामाङ वाइवाको स्वरमा सारी लरक्कै, शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वरमा फेरि आयो तीज, खुमन अधिकारी र कल्पना पराजुलीको स्वरमा कालो कपाल पारेर फरर, उमा श्रेष्ठको स्वरमा मैदानैमा ताल, सुनीता बुढा क्षेत्रीको स्वरमा चेलीलाई माइती, सरस्वती लामिछानेको स्वरमा सैनाले दिएको ऐना, अनिता चलाउने र खेम सेन्चुरीको स्वरमा म राम्रो कि उ राम्रो भन्देऊ तथा शान्तिश्री परियारको स्वरमा यसपालिको तीज रमाइलो सार्वजनिक गरिएको हो।

कार्यक्रममा ख्यातिप्राप्त गायिका तारा थापाले ५३ वर्षअघि आपूmले गाएको गीतको मरण गर्दै अहिले आइरहेका गीतमाथि विमर्श गरिन्। गायिका शर्मिला गुरुङले पछिल्लो समय तीज गीतका नाममा जथाभावी गीत सार्वजनिक भइरहेकोमा दुःख व्यक्त गरिन्। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले गीत संगीतमा लागेको सम्पूर्ण सजर्कलाई मौलिकता नबिर्सिदिन आग्रह गरे।

गायक सांस्कृतिक अध्ययन तथा खोज अनुसन्धान परिषद्का अध्यक्ष बमबहादुर कार्कीले पछिल्लो समय गीतमा विकृति आएकोबारे निकै सुनिरहेको, तर विकृति गीतमा मात्रै नभई संस्कृतिमै रहेको टिप्पणी गरे।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले तीजमा भड्किला गीत गाउनेलाई मिडियाले खबरदारी गरिरहने हो भने त्यस्ता गीत गाउने विस्थापित हुने बताइन्।