हिमाञ्चल फेस अफ नेपाल


काठमाडौं ।

एसिया मोडल फेस्टिबलका लागि फेस अफ नेपाल २०२४ को टाइटल ललितपुर चांगाथलीका २० वर्षे हिमाञ्चलराज केसीले जितेका छन्।

टाइटल जितेसँगै हिमाञ्चलले आगामी नोभेम्बरमा दक्षिण कोरियामा एसियाली मुलुकका मोडलबीच हुने एसिया मोडल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुन पाउनेछन्। उनले मुख्य उपाधिका सर्वाधिक मत र उत्कृष्ट शारीरिक सुगठनको सबटाइटल पनि जितेका छन्।

प्रतियोगितामा महिलातर्फको टाइटल सिम्रनचन्द ठकुरी र टिना परियारले जितेका छन् भने आर्यन सोनी चौधरी जज च्वाइस् जितेका छन्।