कमेडी किरो राष्ट्रको हिरो


काठमाडौं ।

राजधानीमा अयाोजित एक कार्यक्रमबीच लोगो र प्रोमो सार्वजनिक हास्य व्यंग्यमा आधारित टेलिभिजन रियालिटी शो कमेडी किरो राष्ट्रको हिरो निर्माणको घोषणा गरिएको छ।

रेस्क्यु क्रियसनले निर्माण गर्ने कार्यक्रम कम्पिटिसन भने होइन। कमेडी फर करियर भन्ने नारासहित कमेडी किरो राष्ट्रको हिरो जनता टेलिभिजन, म्युजिक नेपालको युट्युब च्यानल र रेडियो जनता ८९.१ मेगाहर्जबाट प्रसारणमा आउनेछ। देशभरबाट डिजिटल अडिसनमार्फत आएका प्रतियोगीबाट टप २० चयन गरी एक वर्षका लागि रोजगार दिइने प्रोजेक्ट हेड समन अधिकारीले जानकारी गराए।

टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलले कार्यक्रमले आर्थिक आर्जनमा मद्दत पुग्ने र धेरैले रोजगारी पाउने बताए। कार्यक्रमको सञ्चालन कमेडियन दिनेश काफ्लेले गर्नेछन्।