सर्वोत्कृष्ट मौलिक गायिकाको अवार्ड सरिता थापा मगरलाई


काठमाडौं ।

पाँचौँ संस्करणको जिनियस म्युजिक अवार्ड तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ। ‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ कला क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापित अवार्ड जिनियस म्युजिक प्रालिले पाँचौँ पटक आयोजना गरेको हो।

वन तथा वातावरण राज्यमन्त्री रुपा विकको प्रमुख आतिथ्यतामा एक समारोहकाबीच कौडा गीतबाट गायिका सरिता थापा मगरले सर्वोत्कृष्ट मौलिक गायिकाको अवार्ड हात पार्न सफल भएकी छन्।  उनले झल्को आइरयो भन्ने कौडा भाकामा रहेको गीतमा अवार्ड पाएकी हुन्।

यस्ता दर्जनौँ एकल भाका दोहोरी कौडा भाका जस्ता गीतमा आफ्नो छुटै पहिचान बनाउन सफल गायिका मगरले देश विदेशका विभिन्न स्टेज तताइ सकेकी छन्। आच्छा लेकिन लाहुरे’ बोलेको गीतबाट चन्द्र शर्माले सर्वोत्कृष्ट लोकगायकको अवार्ड पाएका छन् ।