जोगिन्दरको ठगठाग कम्पनी



काठमाडौं ।

लोकप्रिय हास्यव्यंग्य कलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला) ले गाईजात्रे अडियो भिडियो कमेडी ठगठाग कम्पनी सार्वजनिक गरेका छन्। २२ वर्षदेखि नियमित गाइजात्रे कमेडी ल्याउ“दै आएका रिजालको ठगठाग कम्पनी ओएसआरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

उनले समसामयिक राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसंगतिदेखि फेसन र ग्ल्यामरसम्मलाई कमेडीको मसला बनाएका छन्। लेखन, निर्देशन र प्रस्तुतिसमेत शिवशंकरकै रहेको ठगठाग कम्पनीमा उनले प्यारोडी पनि पस्केका छन्। उनले काले केटाले बोलको लोकप्रिय गीतमाथि प्यारोडी बनाएका हुन्।

गीतमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुरसम्मलाई विषय बनाएका छन्।

ठगठाग कम्पनीमा राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले , सुरेश तिमिल्सेना, सिला उप्रेती, शिवराम कार्की, सोनम शेर्पा, विजेन्द्र नौबागे, धीरेन्द्र सिंह, सावित्री लामिछाने, पोसना श्रेष्ठ, वेदमणि अधिकारी र प्रेम शर्मा पौडेलको प्रस्तुति पनि समावेश छन्।

गाइजात्रा हास्य कलाकारका लागि महान् उत्सव भएकाले सधै“झै“ यो वर्षपछि गाईजात्रे झटारो ल्याएको कलाकार रिजालले बताए। ‘अहिले यस्ता कोसेलीको व्यावसायिकता त छैन, तर वर्षेनी दर्शक श्रोता मेरा कोसेलीको पर्खाइमा बस्नुहुन्छ। दर्शकको मायाले गर्दा पनि गाईजात्रे कमेडीमा निरन्तरता दिएको हुँ,’ रिजालको भनाइ छ।

उनी जमलस्थित नाचघरमा आयोजना हुने गाईजात्रा कार्यक्रममा पनि आफ्नो कमेडीका साथ प्रस्तुत हुनेछन्।