पेरिस ओलम्पिकको म्याराथनमा सन्तोषी ७९ औं स्थानमा


पेरिस ।

नेपालकी सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक– २०२४ अन्तर्गत एथलेटिक्सको महिला म्याराथन पूरा गर्ने क्रममा आइतबार ७९ औं स्थानमा रहिन् । विभिन्न राष्ट्रका (१ खेलाडी सहभागी म्याराथनमा ८ जनाले मात्र निर्धारित दूरी ४२.१९५ किलोमिटर पूरा गरे । ११ प्रतिस्पर्धीले दौड नै पूरा गर्न सकेनन् ।

सन्तोषीले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरिन् । सन्तोषीको ब्याक्तिगत उत्कृष्ट टाइमिङ भने २ घण्टा ४६ मिनेट २३ सेकेन्ड हो, जुन महिला म्याराथनमा नेपालको कीर्तिमानी समय पनि हो । सन्तोषीले उक्त कीर्तिमान बंगलादेशको ढाकामा गत जनवरीमा भएको शेख मुजिब रहमान बंगबन्धु म्याराथन ९दक्षिण एसियाली स्तरीय० मा बनाएकी थिइन् । बंगबन्धु म्याराथन सन्तोषीको ‘डुब्यु’ अन्तर्राष्ट्रिय म्याराथन हो ।

त्यो म्याराथनमा सन्तोषीले स्वर्ण जितेकी थिइन् । सुरुमा ५ हजार र १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने सन्तोषी हाफ म्याराथन हुँदै फुल म्याराथना दौड्न थालेकी हुन् । पेरिस ओलम्पिकको म्याराथन सन्तोषीको दोश्रो अन्तर्राष्ट्रिय म्याराथन हो । ३१ वर्षीया सन्तोषी नेपालमै सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को १० हजार मिटर दौडकी स्वर्ण विजता हुन् । उक्त प्रतियोगिता सन्तोषीको ‘डुब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । सन्तोषीले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा पनि सहभागिता जनाएकी थिइन् ।

सन्तोषी पछि दौड पूरा गर्नेमा भुटानकी किन्जाङ ल्हामु रहिन् । किन्जाङलाई दौड पूरा गर्न ३ घण्टा ५२ मिनेट ५९ सेकेन्ड समय लाग्यो । नेडरल्यान्डकी सिफान हसनले ओलम्पिक रेकर्डसहित स्वर्ण जितिन् ।

सबै प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा सिफानले २ घण्टा २२ मिनेट ५५ सेकेन्डमा दूरी तय गर्दै इथोपियाकी टिकी गेलानाको नाममा रहेको २ घण्टा २३ मिनेट ०७ सकेन्डको ओलम्पिक रेकर्ड तोडिन् । इथोपियाकी टिग्स्ट असेफा दोश्रो तथा केन्याकी हेलेन ओबिरी तेश्रो बने । म्याराथन पेरिसको होटल डे भिलेबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पेरिसकै इन्भेलिडेमा आएर टुंगिएको थियो ।


सन्तोषीले दौड पूरा गर्न लाग्दा सिफान आफ्नो राष्ट्रिय झण्डासहित समर्थकसंग खुशी साट्दै थिइन् । त्यही क्रममा दौड पूरा गरेपछि सन्तोषी सिफान भएको ठाउँमा गइन् र अंकमाल गर्दै सिफानलाई बधाइ पनि दिइन् । ओलम्पिकको महिला म्याराथनमा नेपालले २८ वर्षपछि सहभागिता जनाएको हो ।

ओलम्पिकको महिला म्याराथनमा प्रतिस्पर्धा गर्ने सन्तोषी समग्रमा चौथो नेपाली खेलाडी हुन् । पछिल्लोपटक विमला राना मगरले सन् १९९६ को एटलान्टा ओलम्पिकको महिला म्याराथनमा भाग लिएकी थिइन् । त्यसअघि सन् १९८८ को सिओल ओलम्पिकमा दुई खेलाडी राजकुमारी पाण्डे र मेनुका राउतले नेपालको प्रतिनिधित्व गरेका थिए ।

आइतबारै स्थानिय समय अनुसार राती ९ः०० बजेदेखि सुरु हुने समापन समारोहमा सन्तोषीले राष्ट्रिय झण्डा बोक्ने छिन् ।
सन्तोषीले राष्ट्रिय कीर्तिमान सुधार गर्न नसकेपनि कठिन रुटका बावजुद म्याराथन पूरा गर्न सकेकोमा सन्तुष्त रहेको प्रतिक्रिया दिइन् ।

ओलम्पिकका लागि पेरिसमा रहने सन्तोषी एकलो नेपाली खेलाडी हुन् । पेरिस ओलम्पिकमा नेपालबाट ६ खेलमा ७ खेलाडी सहभागी छन् । बाँकी छ खेलाडी प्रारम्भिक चरणबाटै बाहिरिसकेका छन् ।

टेबलटेनिसमा श्यान्टु श्रेष्ठ, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल, पौडीमा एलेक्जेन्डर शाह र डुवाना लामा तथा जुडोमा मनीता श्रेष्ठ प्रधानले नेपालको चुनौती प्रस्तुत गरेका थिए । यि मध्ये एलेक्जेन्डरले पुरुष १ सय मिटर फ्रिस्टायलमा ५१।९१ सेकेन्डको प्रदर्शन गर्दै आफ्नै नाममा रहेको ५२।१७ सेकेन्डको कीर्तिमानमा सुधार गरे ।

पेरिस ओलम्पिकमा श्यान्टु मात्र छनोट चरण पार गर्दै सहभागी भएका हुन् । बाँकीले विभिन्न कोटा मार्फत ओलम्पिक सहभागिता पक्का गरेका थिए । टेबलटेनिससहित ब्याडमिन्टनमा नेपालले पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका हो ।
नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि पहिलोपटक सहभागिता जनाउन थालेको थियो । त्यसएता १९६८ को मेक्सिको सिटी ओलम्पिक बाहेक सबै ओलम्पिकमा नेपालले सहभागिता जनाउदै आएको छ ।