प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच भेटवार्ता

140
Shares

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारमा भएको भेटमा द्विपक्षीय सरोकारका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्रीसँगको भेटमा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल एवम् भारतीय अधिकारीहरुको सहभागिता रहेको थियो ।

आइतबार बिहान दुई दिने भ्रमणमा नेपाल आएका मिश्रीलाई नेपाली समकक्षी लम्सालले विमानस्थलमै पुगेर स्वागत गरेकी थिइन् ।