तीजको मौलिकता माथि नै प्रहार भइरहेको बेला गायिका मल्लले ल्याइन ‘आएनन् दाजै’

2.2k
Shares

काठमाडौं ।

गायिका सिन्धु मल्लको मौलिक तीज गीत ‘आएनन् दाजै’ सार्वजनिक भएको छ । शनिबार कमल थापा मगर यूट्युव च्यानल मार्फत नेपाली संगीत बजारमा आएको हो ।

रिना थापाको शब्द संगीतमा रहेको उक्त गीतमा गायिका मल्लले आवाज दिएकी हुन् । गीतमा भुवन बिकेको पनि आवाज छ । उक्त गीतको संगीत संयोजन (म्युजिक एरेन्ज) भने भुवन बिकेले गरेका छन् भने प्रिमिक्ङि कमल थापा र अडियो मिक्सिङ भने श्यामश्वेत रसाइलीले गरेका हुन् ।

पछिल्लो समय तीजको मौलिकता नै हराएको गीतहरु बजारमा आइरहेको छन् । पछिल्लो समय तीज गीतमा पनि धेरै नै विकृति भित्रिएको पाइन्छ । तीजको मौलिकता माथि नै प्रहार गर्ने खालको गीतहरु आउँने गरेका छन् । तर, गायिका मल्लले आवाज दिएको ‘आएनन् दाजै’ बोलको तीज गीत भने मौलिकपन दिने प्रयासहरु भएका छन् ।

जुन नेपाली संगीत बजारका लागि सकरात्मक छ। तीजको महत्व र भाव बोकेका गीतहरु हराइरहेका बेला ‘आएनन् दाजै’ मार्फत दर्शक स्रोतसँग जोडिन पाउँदा गायिका मल्लले खुशी व्यक्त गरेकी छन् । गीतमा बिहे गरेर गएकी चेलीले तीजमा दाई लिन आउने बाटो कुरेर बसेको भाव झल्काइएको छ ।

तीजमा माइतीको बाटो कुरेर बसेकी चेलीको बेदना गीत मार्फत पोखिएको छ । म्युजिक भिडिओमा भने यसु भट्टराई दिपिका मगर, सुस्रिम आचार्य, सुनिल कार्की लगायतलाई मुख्य अभिनयमा देख्न सकिन्छ।

म्युजिक भिडियोको छाँयाँङ्कन सुमन थापा र सौगात थापाले गरेका हुन् । सुनिल कार्कीद्वारा निर्देशित उक्त गीतका कोरियोग्राफ सुदिप राई र सहायक कोरियोग्राफ सुजन घले गुरुङले गरेका हुन् ।