पेरिस ओलम्पिक समापन हुँदै, यी हुन सबैभन्दा बढी पदक जित्ने १० देश (सूचीसहित)


फ्रान्स ।

 पेरिस ओलम्पिकको समापन समारोह आज हुदैँछ । एक रोमाञ्चक खेलहरूको मनोरञ्जनात्मक प्रस्तुति दिएर सो समारोहको अन्त्य गरिनेछ ।

 सो समापन समारोह पेरिसको स्थानीय समय अनुसार करिब  साँझ ६ बजेसम्म तीन घण्टा चल्ने बताइएको छ । टम क्रुजले पेरिसदेखि लस एन्जलससम्म ओलम्पिक झण्डा हस्तान्तरण गर्ने स्टन्ट पनि गरिरहेको बताइएको छ।

 अर्को ओलम्पिक खेल लस एन्जल्स अमेरिकामा २०२८ मा हुनेछ । 

 यस ओलम्पिक खेलमा एसियाली देश चीन पहिलो नम्बरमा छ भने एसियाका जापान र दक्षिण कोरिया पद जीत हासिल गर्ने उत्कृष्ट १० मा परेका छन भने अफ्रिका र दक्षिण अमेरिकाका देश भने शीर्ष १० मा अटाउन असफल भएका छन् । 

 हालसम्मको नतिजा अनुसार सबैभन्दा बढी स्वर्ण पदक जितेर चीन पहिलो स्थानमा छ । उसले ३९ स्वर्ण, २३ रजत र २४ कांस्य पदकसहित ९० वटा पदक जितेर पहिलो स्थानमा छ । 

 दोस्रो स्थानमा रहेको अमेरिकाले ३८ स्वर्ण जित हासिल गरेको छ भने ४२ रजत र ४२ कांस्य गरी उसले १२२ वटा पदक जितिसकेको छ । पदक संख्याको हिसाबले अमेरिका पहिलो स्थानमा छ । 

 तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले ५० वटा पदक जितको छ । जसअनुसार १८ स्वर्ण, १८ रजत र १४ कांस्य पदक रहेका छन भने चौथों स्थानमा रहेको जापानले १८ स्वर्ण, १२ रजत र १३ कांस्यसहित ४३ पदक जीत हासिल गरेको छ । 

 ६२ पदकसहित पाँचौं स्थानमा रहेको फ्रान्सले १६ स्वर्णसहित २४ रजत र २२ कांस्य पदक जीत हासिल गर्न सफल भएको छ  । आयोजक फ्रान्स पछि छैटौं नम्बरमा रहेको बेलायतले १३ स्वर्ण, २२ रजत र २७ कांस्यसहित ६३ पदक जितेको छ ।

 सातौं स्थानमा रहेको दक्षिण कोरियाले १२ स्वर्ण, ८ रजत र ८ कांस्य पदकसहित कुल ३० पदक जीत हासिल गरेको छ भने आठौं नम्बरमा रहेको नेदरल्याण्डले १३ स्वर्णसहित ७ रजत र १२ कांस्य गरी ३२ पदक जीत हासिल गरेका छन् ।

जर्मनी कुल ३१ पदकसहित नवौं स्थानमा रहेको छ, जसले १२ स्वर्ण, ११ रजत र ३ कांस्य पदक जितेको छ भने १० औं स्थानमा रहेको इटालीले ११ स्वर्ण, १३ रजत र १५ कांस्यसहित ३९ पदकमा विजयी हासिल गरेका छन् ।