नमेटिने घाउमा प्रधानमन्त्री ओलीदेखिमाधव नेपाल र ज्ञानेन्द्र शाहीसम्म


काठमाडौं ।

अभिनेता रमित ढुंगानाको निर्माण र निर्देशनमा निर्माणाधीन फिल्म नमेटिने घाउको हालै राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।

ट्रेलरमा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई मर्मस्पर्शीरूपमा प्रस्तुत गरिएको छ। सार्वजनिक ट्रेलरमा प्रधानमन्त्री ओलीले एसिड पीडितलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश छ भने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेल र सांसद ज्ञानेन्द्र शाहीले एसिड पीडितको आन्दोलनमा एक्यबद्धता जनाउँदै एसिड आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउने वचन दिएका छन्।

कार्यक्रममा एसिड आक्रमणमा परेकी मुस्कान खातुनले आफूले पाएजस्तो दुःख र पीडा अरूलाई नपरोस् भन्नका लागि फिल्मले समाजमा राम्रो सन्देश दिने बताइन्। अर्की पीडित जेनी खड्काले एसिड पीडितलाई समाजले हेर्ने नजर नै फरक भएको र यस्तो नगर्न अनुरोध गरिन्।

फिल्मका निर्देशक रमित ढुंगानाले अरू थप कोही एसिड आक्रमणको सिकार बन्न नपरोस् भनेर फिल्म निर्माण गरेको बताए। अर्का निर्माता अमित ढुंगानाले नमेटिने घाउले समाजमा सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

आगामी भाद्र ७ गते रिलिज हुने फिल्मले नेपालमा एसिड बिक्री–वितरण गर्न प्रतिबन्ध लगाउनुपर्ने आवाज उठाएको छ। एसिड आक्रमणमा परेका ३३ जना पीडितको कथालाई समेटेर बनाइएको फिल्ममा शिवम् अधिकारीको लेखन, ओम सुनारको गायन र संगीत, किरण दाहालको एक्सन, नीरज क“डेलको छायांकन र बनिश शाहको सम्पादन रहेको छ।

फिल्म्मा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखक, सुरवीर पण्डित, सुनील कटुवाललगायतले अभिनय गरेका छन्।