ल्याटिनो नागरिक अधिकार संगठनद्वारा कमला ह्यारिसलाई समर्थन


काठमाडौँ।

अमेरिकाको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो ल्याटिनो नागरिक अधिकार संगठनले कमला ह्यारिसलाई समर्थन गरेको छ ।

अमेरिका कै सबैभन्दा पुरानो र सबैभन्दा ठूलो ल्याटिनो नागरिक अधिकार संगठन लिग अफ युनाइटेड ल्याटिन अमेरिकन सिटिजन्स (LULAC) ले १९२९ मा स्थापना भएदेखि अहिलेसम्म नगरेको काम गरेको सिविएसन्यूजले जनाएको छ ।

यो संगठनले राष्ट्रपतिको उम्मेदवार कमला ह्यारिसलाई समर्थन गरेको छ ।

संगठनको राजनीतिक शाखाले गत शुक्रबार एक छापा विज्ञप्ति मार्फत उप राष्ट्रपति कमला ह्यारिसको समर्थनको घोषणा गरेको हो ।