साँढेकाे आक्रमणमा परी एक महिलाकाे मृत्यु


काठमाडौं ।

रुपन्देहीको बुटवलमा छाडा साँढेले हान्दा महिलाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका(३ गोलपार्कमा खाजा पसल चलाउँदै आएकी गुल्मीको रेसुंगा नगरपालिका-४ घर भएकी ४५ वर्षीया सीता पाण्डेको मृत्यु भएको हो ।

साँढेले हानेर गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी हुन् ।