गायक रेशम राजको ‘मायाको रुपै राम्रो’ गीत बजारमा (भिडियाेसहित)


काठमाडौं ।

नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समयमा बजारमा दिनप्रतिदिन नयाँ नयाँ तिज गित सार्वजनिक हुने क्रम जारी छ ।

यसैक्रममा गायक रेशम राज सुनारको तिज गीत ‘मायाको रुपै राम्रो’ बजारमा आएको छ। उनले चर्चित गायिका मेलिना राईसँगको संयुक्त आवाजमा ‘मायाको रुपै रामो’ बोलको गीत बजारमा ल्याएका हुन्।

जुन गीत नेत्र अर्यालले लेखेका हुन् भने नन्दु परियारले संगीत भरेका छन् । एचविएन किस्मतद्वारा संगीत सम्योजन गरिएको उक्तको म्युजिक भिडियो अहिले सामाजिक संजाल फेसबुकको रिल्स, टिकटक लगायतका माध्यमबाट धेरै दर्शक श्रोता माझ पुगेको छ । ‘मायाको रुपै राम्रो’ गीतको म्युजिक भिडियोमा जुन सुन्दास र सुन्दर एसडीएसलाई मुख्य अभिनयमा देख्न सकिन्छ । रेशमले आफ्नै यूट्युव च्यानल मार्फत बजारमा ल्याएका छन् ।

गत वर्ष रेशम राजकाे ‘आच्छा लाहुरे जुलपी पाले, ठिक लाहुरे इज्जतै नफाले’ तीज समयमा निकै सुनिएको हेरिएको गीत थियाे।उनकाे आफ्नै अफिसियल युटुट्युव च्यानलमार्फत संगीत बजारमा ल्याएका थिए । जुन गीत अहिले ३७ लाख ७५ हजार पटक बढी हेरिएको छ । गायक रेशम राज सुनार र चर्चित गायिका शान्तिश्री परियारको सुमधुर आवाजमा रहेको उक्त गीतले गत वर्षको सर्वाधिक चर्चा पाएकाे थियाे ।

गायक रेशम राज अहिले जापानमा कार्यरत छन् । जापानलाई कार्मथलो बनाए पनि नेपाली गीतसंगीत प्रति उनको लगाव निकै पाइन्छ । प्रदेशमा रहेर पनि नेपाली गीत संगीतमा उनको निकै झुकाव देखिन्छ । उनले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन् । बागलुङको गलकोटमा जन्मिएका रेशम राज विशेषगरि नेपाली मौलिक गीत संगीत सृजनामा रुची राख्छन् ।

गीतसंगीतलाई निरन्तरता दिनेक्रममा उनले पछिल्लो समय ‘मायाको रुपै राम्रो’ बोलको गीतलाई बजारमा ल्याएका हुन् । उनी गीत गाउनकै लागि छुट्टी मिलाएर नेपाल आउने गरेका छन् । बिदामा नेपाल आएका बेलामा नै उनले गीतहरू बजारमा ल्याउने गरेका छन् ।

केही सातामात्रै जापाना फर्किएका गायक रेशमले चर्चित कार्यक्रम साराङ्गी संसारमा पनि गायिका निर्जला गुरुङसँग प्रत्यक्ष दोहोरो गाएका छन् ।