साउन २६ गते शनिबार, यस्ताे छ तपाईँको राशिफल


मेष: दिन शुभ छ । पढाइ, जागिर, मुद्दामामिलामा विजय, धनलाभ, मान–सम्मान हुन सक्छ ।

वृष: समय अनुकूल छ । काम, पढाइ, परीक्षा आदिमा सफलता, सुख–सन्तोष, धन प्राप्ति हुन सक्छ ।

मिथुन: दिनचर्या अस्तव्यस्त, पारिवारिक झमेला भए पनि दिउँसोबाट सन्तोष एवं सफलता मिल्ला ।

कर्कट: शुरुमा पैसा लाभ, प्रगति होला तर दिउँसोबाट भने अस्वस्थता, तनाव बढ्ने सम्भावना छ ।

सिंह: दिन धेरै शुभ छ । धनलाभ, उपहार, कोसेली, खाद्यसामग्री प्राप्तिका साथै कार्य सफल होला ।

कन्या: दिन अनुकूल भएकाले काम बन्ने, धनलाभ, व्यापार एवं परीक्षामा सफलता मिल्ने देखिन्छ ।

तुला: शुरुमा विवाद, खर्च भए पनि मध्याह्नदेखि भने लाभ, सुख–शान्ति हुने देखिन्छ ।

वृश्चिक: दिउँसोसम्म लाभ, मीठो भोजन, सुख भए पनि त्यसपछि भने कष्ट हुन सक्छ ।

धनु: समय शुभ छ । सजिलै आँटेको काम पूरा हुने, धनलाभ, विद्या प्राप्ति हुने देखिन्छ ।

मकर: दिन अनुकूल भएकाले राजनीति एवं बोलीमा सफलता, कार्यसिद्धि, सुख–सन्तोष होला ।

कुम्भ: दिउँसोसम्म असफलता र हैरान भए पनि त्यसपछि भने सम्मान, राज्यबाट लाभ होला ।

मीन: दिन मिश्रित फलदायक छ । सम्मान, धनलाभ, समस्या सुल्झनेछ तर दिउँसोदेखि कष्ट होला ।