हेलिकप्टर दुर्घटनास्थलबाट पाँच जनाकै शव ल्याइयो


काठमाडौं ।

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव संकलन गरी काठमाडाैं ल्याइएकाे छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याइएकाे हाे । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने छ ।

बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको छ । जसमध्ये चार जना चिनियाँ नागरिक हुन् ।