स्कुल बस दुर्घटना हुँदा ११ जना घाइते


सुर्खेत ।

सुर्खेतमा स्कुल बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।


वीरेन्द्रनगरस्थित डिभी निकेतन स्कुलको बस विद्यार्थी पुर्‍याउन जाँदै गर्दा वीरेन्द्रनगर ७ र ८ को बीचमा पर्ने इत्राम खोलामा दुर्घटना हुँदा विद्यार्थीसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र बीर विश्वकर्माले जानकारी दिए।

उनका अनुसार कर्णाली प्रदेश ०२–००१ क ०७६९ नम्बरको बस ४ बजेर ४० मिनेटमा खोलामा तर्ने क्रममा चिप्लिएर बस खसेको हो। यस्तै, खोलामा गाडी तर्न बनाइएको स्लोपबाट बस चिप्लिएको हो। घाइतेहरुको देउती अस्पतालमा उपचार भइरहेको छ।