घाँटीमा हड्डी अड्किएर एक जनाको मृत्यु


काठमाडाैं ।

खाना खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ ।

भरतपुरको सरकारी अस्पतालमा उपचारका लागि भर्ना भएका तनहुँ भिरकोटका ५९ वर्षीय छामबहादुर रानामगरको मृत्यु भएको हो ।

तनहुँ भिरकोट पिपलबारीका छामबहादुर छोरीको घर नवलपरासी गैंडाकोट नगरपालिका १ गंगानगर आएका थिए ।

आज बिहान खाना खाने क्रममा उनको घाँटीमा हड्डी अड्किएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।