काभा : नेपाल भारतसँग पराजित

2.6k
Shares

काठमाडौं ।

नेपालले घरेलु मैदानमा काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्ने अवसर गुमाएको छ । बुधबार भएको फाइनलमा खेलमा नेपाल भारतसँग २–३ को सेटमा पराजित भएपछि उपविजेतामै सीमित बन्यो ।

दशरथ रंगशालास्थित कभर्डहलमा भएको खेलमा नेपालले पहिलो र तेस्रो सेट जितेको थियो । भारतले दोस्रे, चौथो र पाँचौ सेट जित्दै उपाधिसमेत उचाल्यो । अरु सेटमा भारतलाई राम्रो टक्कर दिएका नेपाली खेलाडीले अन्तिम तथा पाँचौ सेटमा निकै कमजोर प्रदर्शन गरे । नेपालले पाँचौ सेट ५-१५ अंकले गुमायो ।