मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

13.07k
Shares

काठमाडौं ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ। नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनाकाबारे राहतको निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

‘दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको छ,’ उनको सचिवालयले भनेको छ।

हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए।