गर्भवती श्रीमतीकाे हत्या, अभियुक्त हिरासतमा

616
Shares

धादिङ ।

श्रीमतीको पेटमा भएको बच्चा आफ्नो नभएको आरोप लगाउँदै श्रीमतीलाई पेटमा अत्यधिक कुटपिट गर्दा बच्चा बाहिर निस्केर रगतसमेत बगरे गल्छी गाउँपालिका वडा नम्बर ६ महेश दोभानमा एक युवतीको मृत्यु भएको छ ।

गल्छी गाउँपालिका–६ महेश दोभानमा अस्थायी बसोबास गर्ने  वर्षीय निशा क्षेत्री मगरको हत्या गरेको आरोपमा भारत दार्जिलिङ घर भएका ४९ वर्षीय प्रकाश मगर विरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा ०८१ साउन २२ गते कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका –२ माइती भएकी निशा र प्रकाश बिच गल्छी गाउँपालिका–६ खैरेनी महेश दोभान क्षेत्रमा मजदुरी गरी  अस्थायी बसोबास गर्दै आएका थिए । निशा गर्भवती भएको र पेटमा भएको बच्चा अर्केको भएको आरोपमा पटक पटक कुटपिट गर्दै आएका प्रकाश मगरले ०८१ साउन १८ गते राती पेटको बच्चा बाहिर निस्कने गरि कुटपिट गर्दा मृत्यु भएको थियो ।

पटक पटक कुटपिट गर्ने र यसलाई मार्छु भन्ने गरेको आरोपितले केही समय ढुंगानटारमा मजदुरी गरेर बस्दै आएको र घटना भएको राती महेश दोभानमा आएर श्रीमतीको हत्या गरेको छिमेकीहरू समेत बताउँछन् । घाँटीमा सलले बेरेर नीलडाम भएको पेटबाट बच्चा बाहिर निस्केको, रगतै रगत भएको अवस्थामा प्रहरीले शव भेटेपछि पोस्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडौँ पठाएको छ ।  

घटना भएपछि रक्सी खाएर बजारबासीलाई गाली गर्दै बसेका प्रकाश मगरलाई प्रहरीले साउन २० गते बेलुका गिरफ्तार गरेको र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी तथा  प्रवक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।