समय व्यवस्थापनका १० उपयोगी सुझाव

0
Shares

समय व्यवस्थापन किशोरकिशोरीका लागि महत्वपूर्ण सीप हो । यसले उनीहरूलाई व्यवस्थित रहन, कामको प्राथमिकता छुट्याइ लक्ष्य प्राप्त गर्न मद्दत पु¥याउँछ । साथै, समय व्यवस्थापन र ध्यान केन्द्रित गर्नका लागि प्रविधिको प्रयोग पनि गर्न सकिन्छ । सँगसँगै नाई भन्न सिक्न पनि जरुरी छ । आफ्नो क्षमताभन्दा बढी कामको भार र आफूले गर्न नसक्ने कामका लागि नाई भन्न सक्नुपर्छ । त्यसैगरी, आफ्नो ऊर्जा र प्रेरणा कायम राख्न आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्नु पनि आवश्यक छ ।

१. लक्ष्य निर्धारण : विशिष्ट, मापनयोग्य, प्राप्त गर्न सकिने, सान्दर्भिक र समय–सीमामा रहेर लक्ष्य निर्धारण गर्ने । यसले महत्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न र सोहीअनुरुप आफ्नो समय सदुपयोग गर्न मद्दत गर्नेछ ।

२.. डायरीको प्रयोग : डायरीमा आफ्ना सबै योजना, कार्यक्रम, भेटघाट र त्यसलाई सम्पन्न गर्ने समयसीमा लेख्ने । यसले तालिकाअनुसार अघि बढ्न मद्दत गर्छ र केही महत्वपूर्ण विषय सम्झन र कार्यान्वयन गर्न सहज हुन्छ ।

३. महत्वको आधारमा प्राथमिकता तोक्ने : सबैभन्दा महत्वपूर्ण र अत्यावश्यक कार्य पहिचान गरी सोहीअनुरुप प्राथमिकता तोक्ने।

४. कामलाई साना टुक्रामा विभाजन गर्ने : ठूला कामलाई सानोसानो टुक्रामा विभाजन गरी एक पटकमा एउटा विषयमा मात्र केन्द्रित हुने ।

५.दैनिक दिनचर्या सिर्जना गर्नुहोस् : दैनिक दिनचर्यामा अध्ययन, गृहकार्य, अतिरिक्त क्रियाकलाप र विश्रामका लागि समय छुट्याएर दिनचर्यामा अडिग रहने । यसले समय व्यवस्थापनलाई सरल बनाउँछ ।

६.टाइम–ब्लकिङको प्रयोग : विशिष्ट कार्यका लागि निश्चित समय तालिका बनाउने, जस्तै ३० मिनेट अध्ययन र त्यसपछि १०–मिनेट ब्रेक यो प्रविधिलाई टाइम–ब्लकिङ भनिन्छ ।

७. मल्टी टास्किङबाट बच्ने : एक पटकमा एउटा कार्यमा मात्रै ध्यान केन्द्रित गर्ने प्रयास गर्ने । मल्टी टास्किङले विचलित बनाउन सक्छ, जसले गर्दा उत्पादकत्व घटाउन सक्छ ।

८. डिस्ट्रयाक्सन हटाउने : सामाजिक सञ्जाल वा फोन सूचनाजस्ता सामान्य अवरोध पहिचान गर्ने र काम गर्दा त्यसलाई हटाउने। अनावश्यक वेबसाइट ब्लक गर्ने ।

९. कामबाट ब्रेक लिने : आफूलाई पुनर्ताजगी महसुस गराउन र बर्नआउटबाट बच्न नियमित कामबाट केहीछिन ब्रेक लिएर केही रमाइलो वा आराम गर्ने ।

१०. समीक्षा र समायोजन गर्ने : नियमितरूपमा आफ्नो कार्य तालिकाको समीक्षा र आवश्यकताअनुसार समायोजन गर्ने ।