भारी बर्षाका कारण जलमग्न उपत्यका(तस्बिरहरु)


काठमाडौँ।

सोमबारदेखि परेको वर्षाले उपत्यका जलमग्न भएको छ । बस्तीहरु डुबानमा परेका छन् । जताततै भेलबाढीले गर्दा सवारी आवागमनसमेत प्रभावित भएको छ।

बागमती नदीमा बाढी आएकाले किनारका सडक र बस्ती पनि डुबानमा परेका छन् । सानेपा क्षेत्रको बागमती करिडोर सडक जलमग्न छ ।

काठमाडौंका स्वयम्भु, सानो भर्‍याङ, ठूलो भर्‍याङ, लैनचौर, पुतलीसडक, माइतीघर, कोटेश्वर, बल्खु लगायतका सडकहरु डुबानमा परेका छन् । कुलेश्वर, कालीमाटी क्षेत्र पनि डुबानमा छन् । यस्तै बल्खुको तरकारी बजार पनि डुवानमा परेको छ।

तस्बिर : अनिल आङ्देम्बे