यी हुन् माइक्रोमाथि रुख ढल्दा घाइते भएका १० यात्रु (नामावलीसहित )


काठमाडौँ।

धादिङको गजुरी- ५ जरेखोलामा आज बिहान माइक्रो बसमाथि रुख ढल्दा घाइते भएकाहरुको पहिचान खुलेको छ।

धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको माइक्रो बसमाथि साेमबार बिहान रुख ढल्दा बसमा सवार १५ जना मध्ये १० जना घाइते भएका छन्। जसमा ६ जनाको अवस्था सामान्य छ भने ४ जना मध्यम घाइते रहेका प्रहरीले जनाएको छ।

घाइते हुनेमा धादिङको निलकण्ठ नगरपालिका- ३ पुछार बजार बस्ने २६ वर्षकी निन्दु शाह (टाउकोमा चोट, अबस्था सामन्य), सोही स्थानमा वर्ष ५० को शिवराज अधिकारी (दाहिने हातमा चोट, अबस्था सामान्य), निलकण्ठ नगरपालिका- ३ शान्तबजारकी ३१ वर्षीया सुनिता घिमिरे (शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम), निलकण्ठ- ३ कै बीचबजार बस्ने वर्ष ४० को रमेश अधिकारी (दुवै हातमा चोट, अबस्था सामान्य) रहेका छन्।

यस्तै, सोही स्थानमा १४ वर्षीया डिल बहादुर गुरुङ (टाउकोमा चोट, अवस्था सामान्य), धादिङको खनियाबास गाउँपालिका- ४ खट्करीका २६ वर्षीय उर्मिला थापा मगर ( बाँया पाखुरामा चोट, अवस्था मध्यम), रुविम्याली गाउँपालिका- १ का ७२ वर्षका निर्माग तामाङ (छातीमा चोट, अवस्था मध्यम), नेत्रावती गाउँपालिका- ४ का २२ वर्षीया सञ्जु भुसाल (दुवै हातमा चोट, अवस्था मध्यम), ज्वालामुखी गाउँपालिका- ६ बस्ने ३८ वर्षीया निदेश तिमिल्सिना ( दायाँ हातमा चोट, अवस्था सामान्य) र मुगु जिल्ला रारा नगरपालिका- ३ का २२ वर्षीया गंगाराम चौलागाईँ (पेट र बायाँ हातमा चोट, अवस्था सामान्य) रहेका छन्।

घाइतेमध्ये ७२ वर्षको निर्माग तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने बाँकी ९ जनाको गजुरीस्थित अस्पतालमा उपचार भैरहेको धादिङ प्रहरीले जनाएको छ।