जाउलाखेलमा देखाइयो भोटो


ललितपुर।

ललितपुरको जाउलाखेलमा रातो मच्छिन्द्रनाथ रथजात्राको अन्तिम दिन भोटो देखाएर भोटोजात्रा मनाइएको छ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटो देखाउने चलन रहीआएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिहरू जात्रा अवलोकलनका लागि जावलाखेल पुगेका थिए। भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्राको सम्पन्न भएको छ ।

तस्बिर : अनिल आङ्देम्बे