धुलिखेल अस्पतालद्वारा सञ्चालित उच्च रक्तचाप अनुसन्धान विषयमाथि छलफल

112
Shares

काठमाडौँ। 

धुलिखेल अस्पतालले सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा उच्च रक्तचाप नियन्त्रणका लागि गरिरहेको ३ बर्षे अनुसन्धान कार्यक्रमलाई राष्टिय नमुना कार्यक्रमका रुपमा अघि बढाउन सरकारी सरोकारवाला निकाय लगायत अनुसन्धानमा सम्बन्धित पक्षबीच बृहत छलफल कार्यक्रम आइतबार काठमाडौँमा सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा धुलिखेल अस्पताल, सरकारी स्वास्थ्य संस्थाका जिल्ला स्तर, प्रदेश स्तर र संघका सरोकारवाला निकाय र उच्च रक्तचाप पहिचान र नियन्त्रणमा आधारित अनुसन्धान गर्ने धुलिखेल अस्पताल मातहतका टीमले अनलाइन र अनुसाईड बिशेष छलफल गरी  कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेको अनुसन्धान कार्यक्रमका नेपाल प्रमुख डा.अर्चना श्रेष्ठले जानकारी गराइन्। 

कार्यक्रममा प्रोजेकका प्रज्ञा शर्माले नेपालमा १ सय जना मध्य ४४ जनामा उच्च रक्तचाप भएको र ३३ प्रतिशत मानिस मात्र उपचारमा जाने गरेको तथ्यांक रहेकोछ । विशेष गरी उच्च रक्तचाप बुढ्यौलीमा मात्र लाग्ने रोग हो भन्ने सोचमा रहेको नेपाली समाजमा उच्च रक्तचापको परीक्षणनै नहुँने र भएपनि औषधि सेवन गरे सधै खानुपर्छ भनेर नियमित नखानेको संख्या ठूलो रहेको जानकारी गराइन् । 

अनुसन्धान सिन्धुपाल्चोकमै किन भन्ने सहभागीहरुको जिज्ञासामा डा.अर्चनाले काभ्रे र सिन्धुपाल्चोकका लागि कार्यक्रम बनाएका थियौ प्रदेश स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोक मात्र छनोट गरेकाले त्यही लागू गरेको बताइन् । यो सरकारकै नम्समा रहेर सरकारकै स्वीकृति र निर्देशनमा चल्ने कार्यक्रम भएकाले सरकारको निर्देशनका पालना गर्दै आगामी दिनमा पनि सरसल्लाहमानै अघि बढ्ने जानकारी गराइन्। 

काठमाडौँ  विश्व विद्यालय धुलिखेल अस्पतालले स्थानिय सरकारसँग समन्वय गरी प्रदेश, संघ, विश्व स्वास्थ्य संगठन, दातृनिकाय सम्मको सहभागितामा सिन्धुपाल्चोक जिल्लामा उच्च रक्तचाप नियन्त्रण कार्यक्रम र त्यसको अनुसन्धान शुरु गरेको हो । यो कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, नगरपालिका, स्वास्थ्यचौकीका  साथ महिला स्वास्थ्य स्वयमसेविका प्रत्येक घरमा गई हरेक व्यक्तिको उच्च रक्तचाप कसरी परीक्षण गर्ने भन्ने तालिम दिएर फिल्डमा खटाई उच्च रक्तचाप जाँच गर्ने र खानपानमा सुधार सहित चिकित्सकको परामर्शमा उपचार गर्ने वातावरण बनाउँने लक्ष्य  लिएको श्रेष्ठले बताइन् । यसरी हरेक घरमा गएर या समूहमा भेला गरेर उच्च रक्तचाप परीक्षण गर्ने र उच्च रक्तचाप भएका व्यक्तिलाई खानपानको ज्ञान दिनु र चिकित्सककोमा सिफारिस गर्नुले बिरामीले समयमै उपचार पाउन सक्छन यो निकै राम्रो योजना हो । 

यो योजनाबाट आएका सिकाई र भोगाईलाई राष्ट्र तथा अन्तराष्ट्रमानै फैलाई आम नागरिकको जनस्वास्थ्य प्रतिको चासो बढाई स्वस्थ जीवन जिउने कलाको शुरुवात गरिने धुलिखेल अस्पताल तथा यो प्रोग्रामका प्रिन्सिपल डा. अर्चना श्रेष्ठको रहेकोछ । बिरामीले औषधि खान मान्दैनन र ब्रेन ह्यामरेज लगायतका थुप्रै स्वास्थ्य समस्याको सिकार बन्दै आएका छन् । सरकारले यस्ता विषयमा जनचेतना जगाउनुका साथै समयै स्वास्थ्य चौकी देखि जिल्ला अस्पताल सम्म औषधि पुर्याउँनुपर्ने दायित्व हो डा.अर्चना भन्छिन् । 

कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य योजना प्रमुख सागर प्रसाद घिमिरेले धुलिखेल अस्पतालले संचालनमा ल्याएको उच्च रक्तचाप नियन्त्रण सम्बन्धि प्रोजेक्ट सरकारी नम्समा रहेर आम नागरिकको सारथि बन्न सकोस भने । त्यसैगरि नसर्ने रोग तथा मानसिक स्वास्थ्य विभागका प्रमुख डा पोमा थापाले यो अनुसन्धान देशकै लागि ठूलो उपलब्धि हुने विषय हो भनिन्  ।

 डा.अभिनाभ ले यो कार्यक्रम दीर्घकालका लागि परिणाममुखी बनाउँन सक्नुपर्ने बताए । त्यस्तै कार्डियाक सोसाईटिका डा. राधा भटराईले गर्भवती अवस्थाकालाई पनि उच्च रक्तचाप हुन्छ र अन्यलाई पनि यो कुन तहमा लक्षित अनुसन्धान हो भनिन्  । कार्यक्रममा रिसर्चर कपिल तिमल्सिनाले सिन्धुपाल्चोक निकै क्लाईमेट चेन्जको मारमा परेको स्थानमा यस्ता परिवर्तन, बाढी , पहिरो, भूकम्पले पनि उच्च रक्तचाप बढाएकोछ । न्यूनीकरणका लागि अनुसन्धानले कारण सहित उपचारको पहुँचमा पुर्‍याउने सुझाव दिन सकोस भने  । त्यस्तै डा.रविन कर्माचार्यले मुटुका बिरामीको पनि प्रमुख कारण उच्च रक्तचाप रहेको बताए । 

कार्यक्रममा सहभागीहरुले भोलीका दिनमा दीर्घकालीन मापन बन्ने गरी अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।