ओलम्पिक फुटबलको सेमिफाइनल समीकरण पुरा, अर्जेन्टिना बाहिरियो


काठमाडौँ ।

जारी पेरिस ओलम्पिकको फुटबलको सेमिफाइनलको समीकरण पुरा भएको छ ।

गएराती सम्पन्न क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।

जस अनुसार फ्रान्स, स्पेन, मोरक्को र इजिप्ट सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनलमा फ्रान्सले इजिप्टसँग र मोरक्कोले र स्पेनसँग खेल्ने छन् । सेमिफाइनलका खेलहरु सोमबार हुने छन् ।

क्वाटरफाइनलमा फ्रान्सले अर्जेन्टिनालाई १-० गोल अन्तरले पराजित गरेको थियो । यस खेलमा खेलको पाँचौं मिनेटमा नै फ्रान्सले अग्रता लिएको थियो र सोहि गोल खेलको निर्णायक गोल बनेको थियो । क्ल्हेल सकिएपछि फ्रान्स र अर्जेन्टिनाका खेलाडी र अफिसियलबीच भएको लडाई अहिले निकै चर्चामा रहेको छ ।

त्यस्तै अर्को खेलमा इजिप्टले पराग्वेलाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । त्यसैगरी स्पेनले जापानलाई ३-० ले र मोरक्कोले अमेरिकालाई ४-० ले पराजित गरेको थियो ।