पेरिस ओलम्पिकमा ५३ देशले जिते पदक, चीन शिर्ष र फ्रान्स दोस्रो


काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५३ देशले पदक जितेका छन् । शुक्रबार सम्पन्न खेलपछि ३४ देशले स्वर्ण पदक जितेका छन् भने कुल ५३ देशले पदक जितेका छन् ।

जसमा चीन १३ स्वर्ण, ९ रजत र ९ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने फ्रान्स ११ स्वर्ण, १२ रजत र १३ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै अस्ट्रेलिया ११ स्वर्ण, ६ रजत र ५ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने अमेरिका ९ स्वर्णसहित १८ रजत र १६ काश्य पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यसैगरी ग्रेट ब्रिटेन ९ स्वर्ण, १० रजत र ८ काश्य पदकसहित पाँचौं स्थानमा रहेको छ । त्यस्तै जापानले ८ स्वर्ण, ४ रजत र ६ काश्य पदक जितेको छ भने दक्षिण कोरियाले पनि ७ स्वर्णसहित ५ रजत र ४ काश्य पदक जितेको छ ।

त्यसैगरी इटालीले ५ स्वर्ण, ८ रजत र ४ काश्य पदक जितेको छ भने नेदरल्याण्डसले ४ स्वर्ण, ३ रजत र २ काश्य पदक जितेको छ । त्यस्तै क्यानडाले ३ स्वर्ण, २ रजत र ६ काश्य पदक जितेको छ ।

त्यस्तै जर्मनी, न्यूजील्याण्ड, रोमानिया, हंगेरी, हङकङ आयरल्याण्ड, आयरल्याण्ड, क्रिसिया र अजरबैजानले २(२ स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी ब्राजिल, स्विडेन, जर्जिया, स्वीजरल्याण्ड, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम, काजकिस्तान, ग्वाटेमाला, उज्बेकिस्तान, छेक रिपब्लिक, अर्जेन्टिना, इक्वेडर, स्लोभेनिया, सर्बिया र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा इजरायल, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, कोसोभो, टर्की, युक्रेन, इथोपिया, फिजी, मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, अस्ट्रिया, इजिप्ट, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।