साउन २० गते आइतबार, यस्तो छ तपाईँको राशिफल


मेष: सजग रहनुहोला । साथीभाइ, इष्टमित्रमा विवाद, निरर्थक दौडधुपको सम्भावना छ ।

वृष: दिन शुभ फलदायक छ । पैसा प्राप्ति, जागिर, पढाइ, व्यापारमा सफलता हुने देखिन्छ ।

मिथुन: दिन सन्तोषजनक छैन । धननाश, मानसिक अस्थिरता, आँखामा समस्या नहोला भन्न सकिन्न ।

कर्कट: तपाईंको दिन बलियो छ । उपहारादि वस्तु प्राप्ति, बोली बिक्ने, कार्य सफल हुने देखिन्छ ।

सिंह:साथीभाइसँग विवाद, धनहानि, दुर्घटनाको सम्भावना भएकाले सजगता अपनाउनु बेस ।

कन्या: दिन बलवान् छ । साथीभाइबाट सहयोग, पारिवारिक सुख, मीठो भोजन प्राप्ति होला ।

तुला: सानै परिश्रममा उपहारादि वस्तु प्राप्ति, कार्य सफल, शारीरिक स्वस्थता हुने देखिन्छ ।

वृश्चिक: राजनीतिज्ञबाट डर, व्यर्थको यात्रा, पेसा–व्यवसायमा बाधा हुने सम्भावना छ ।

धनु: बिरामी, आर्थिक नोक्सानी, शारीरिक कष्ट नहोला भन्न सकिन्न । सावधान रहनु नै बेस ।

मकर: दिन उत्तम छ । धनलाभ, मान–सम्मान, सवारीसाधनको उपयोगमा पहुँच हुने देखिन्छ ।

कुम्भ: आर्थिक लाभ, प्रतिस्पर्धी वा शत्रुमाथि विजय हासिल हुने हुँदा मन प्रफुल्लित होला ।

मीन: समय उपयुक्त देखिँदैन । काममा व्यवधान, सन्तानबाट कष्ट, वायुजन्य रोगको भय हुन सक्छ ।