श्रीलंकाले भारतलाई दियो २३१ रनको लक्ष्य


काठमाडौँ ।

 श्रीलंकाले भारतलाई २३१ रनको लक्ष्य दिएको छ ।

आजदेखि शुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको हो ।

श्रीलंकाका लागि दुनिथ वेल्लालागेले सर्बाधिक ६७ रन बनाएका थिए भने पाथुम निसान्काले ५६ रन बनाएका थिए । त्यस्तै वानिन्दु हसरंगाले २४, जनिथ लियानागेले २० रन बनाएका थिए । त्यसैगरी अकिला धनन्जयले १७ तथा कुसल मेन्डिस र कप्तान चरिथ असलंकाले १४-१४ रन बनाएका थिए ।

त्यसैगरी भारतीय बलर अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज, शिभम दुवे, कुलदीप यादव र वाशिंगटन सुन्दरले एक एक विकेट लिएका थिए ।