आफ्नै सहकर्मी ताक्ने हाकिमको गयो जागिर


काठमाडौँ।

नेपाली सेनाका एक प्रमुख सेनानीको जागिर गएको छ। घरमा श्रीमती हुँदाहुँदै आफ्नै सहकर्मीलाई होटलमा बोलाएको काण्डमा दोषी पाइएपछि प्रमुख सेनानी विशेष पौडेल कारबाहीमा परेका हुन्। सैनिक अदालतले उनलाई सेवाबाट हटाउने फैसला गरेको बताइएको छ।

दुई महिना हिरासतमा बसेका उनलाई गत शुक्रबार सैनिक आचरणविपरीतको कसूरमा दोषी ठहर गर्दै अदालतले सेवाबाट हटाउने फैसला सुनाएको स्रोतले बतायो। कारबाहीस्वरुप जागिरबाट निकालिएको छ।

काठमाडौंको डिल्लीबजारस्थित बन्दोबस्ती अड्डामा कार्यरत उनले अनैतिक उद्देश्यसहित होटलमा बोलाएको भन्दै महिला ब.का.सि (बन्दोबस्ती कार्य सिपाही) ले केही महिनाअगाडि उजुरी दिएकी थिइन्। त्यसलगत्तै उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेलको परिवारमा श्रीमती, एउटा छोरा र एउटी छोरी छन्।