लुम्बिनी प्रदेशमा ८ मन्त्रीले पाए जिम्मेवारी 

294
Shares

बुटवल।

लुम्बिनी प्रदेशमा मन्त्रीहरूको कार्य विभाजन भएको छ । आज लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन गरेको हो ।

जसमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बादसाह कुर्मिले पाएका छन् भने भूमिस्वर ढकालले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय , दिनेश पन्थीले कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना, सरोज थापाले सहरी विकास र प्रचण्ड विक्रम न्योपानेले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

यस्तै खेम बहादुर सारु स्वास्थ्य र सीता शर्माले ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालय पाएका छन् ।