सातौं संस्करणको बिआइबि अन्तर विद्यालय  बास्केटबल प्रतियोगिता सुरु


काठमाडौँ। 

सातौं संस्करणको बिआइबि अन्तर विद्यालय  बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । कुल १६ विद्यालयको सहभागिता रहने यस प्रतियोगिता विहीबारदेखि बौद्ध  इन्टरनेशनल स्कुलमा सुरु भएको हो ।

“खेलकुदलाई सामान्य रुपमा शाररिक स्वास्थ्यसंग मात्रै नजोडेर यसलाई संस्कारको रुपमा स्थापित गर्नको लागि हामीले बास्केटबल प्रतियोगिता आयोजना गरेका हौं । काठमाडौं उपत्यकामा  रहेका विभिन्न स्कुलहरुलाई एकत्रित गरेर खेलकुद मार्फत सबैलाई जोड्नको लागि पनि यो प्रतियोगिता आयोजना गर्दै आएका छौँ ।” बौद्ध  इन्टेनेशनलका सहप्राध्यापक दिपेश महर्जनले बताए ।

यो संस्करणको बास्केटबल प्रतियोगितामा छात्र तर्फ १२ र छात्रा तर्फ १० नयाँ टीम सहभागी भएका छन् । यस वर्ष कुल १६ छात्र र १५ छात्रा समूहले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

“यो प्रतियोगिताका विजेताले ट्रफी, मेडल र सर्टिफिकेट पाउनेछन् । यो प्रतियोगिता विद्यार्थी लागि आफ्नो क्षमता प्रस्फुटन र प्रदर्शन गर्ने एउटा मौकाको रुपमा हामीले लिएका छौँ । विभिन्न विद्यालयबीच हुने प्रतिष्पर्धाले उनीहरुले थप अनुभव पाउँछन् र त्यसैलाई प्रयोग गर्दै उनीहरुले पछि राष्ट्रिय स्तरको खेल तथा समूहमा समेत आफ्नो उपस्थिति जनाउन सक्छन् ।” खेल प्रशिक्षक सुब्रत राजोपाध्यायले बताए ।