कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत उत्तिर्ण

3.3k
Shares

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले केहिबेर अघि मात्रै नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्।

गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थीहरु सहभागी थिए। त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए।

तीमध्ये ५ हजार ६३२ परीक्षार्थीको अनुपस्थित भएका छन् भने १२२ जनाको परिक्षा रद्ध भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए।

कक्षा १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ। टेलिकमले सूचना जारी गर्दै आइभीआर, एसएमएस, यूएसएसडी तथा वेबसाइट मार्फत् नतिजा हेर्न सकिने जानकारी गराएको हो।

नतिजा सार्वजनिक भएपनि अनलाइनमा अपलोड हुन भने केही समय लाग्ने बोर्डले जनाएको छ ।