साइकल दुर्घटनामा एकको ज्यान गयो


उदयपुर ।

उदयपुरको गाईघाटस्थित त्रियुगा नगरपालिका वडा नं ३ मा विपरित दिशाबाट आएको साइकल एकापसमा ठोकिँदा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहीबार दिएको जानकारी अनुसार बुधबार त्रियुगा ३ लच्कामा त्रियुगा नपा ५ देउरीका २५ वर्षका विनोद विष्ट गाईघाटबाट घरतर्फ देउरी जाँदै गरेको अवस्थामा विपरित दिशाबाट साइकलमा सवार भै गाइघाटतर्फ आउँदै गरेका उदयपुरगढी गाउँपालिका ८ नेपालटार घर भै हाल त्रियुगा ३ बस्ने वर्ष १८ को दिनेश भन्ने जुनेश कार्कीसँग एकापसमा ठक्कर खाई विनोद विष्ट घाइते भएका थिए ।

घाइते विष्टलाई तत्काल उपचारकालागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा प्राथमिक उपचार पश्चात थप उपचारकोलागि बिराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा उपचारका क्रममा ज्यान गएकोले घटनामा संलग्न रहेका दिनेश भन्ने जुनेश कार्कीलाई नियन्त्रणमा लिई जिल्ला अदालत उदयपुरबाट ३ दिनको म्याद लिई आवश्यक अनुसन्धान भेरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।