सुदूरपश्चिमका भौतिक मन्त्री चौधरीले दिए राजीनामा


काठमाडौँ।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिएका छन्। मन्त्री चौधरीको राजीनामा पत्र उनका स्वकीय सचिव भक्त चलाउनेले मुख्यमन्त्री दीर्घ सोडारीलाई बुझाएका हुन्।

नागरिक उन्मुक्ति पार्टीका जिल्ला सचिव समेत रहका चलाउनेले दिएको राजीनामा पत्र मुख्यमन्त्री सोडारीले बुझेका छन्।

‘प्रस्तुत विषयमा नेपालको संविधान १६८ को उपधारा २ को खण्ड क बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् सदस्य र भौतिक पूर्वाधार विकास मन्त्रीको पदबाट राजीनामा दिएको सादर जानकारी गराउँछु,’ मुख्यमन्त्री सोडारीलाई भौतिक मन्त्री चौधरीले बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘तपाईंको नेतृत्वको सरकारमा रही महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न पाउँदा सुखद अनुभव रहेको हुँदा धन्यवाद ज्ञापन गर्दछु।’