अविरल वर्षापछि आएको बाढीले ७० रोपनी भन्दा बढी क्षेत्रमा लगाएको धान बालीमा क्षति

672
Shares

रामेछाप ।

बुधवार राति परेको अविरल वर्षका कारण मन्थली नगरपालिका २ कठजोरका कृषकको धानबालिमा क्षति पुगेको छ । वर्षाका कारण कठजोर खोलामा आएको बाढीका कारण सो क्षेत्रको ७० रोपनी भन्दा बढी क्षेत्रमा लगाएको धानबालिमा क्षति भएको हो ।
बाढीका कारण केही घर र गोठमा समेत क्षति भएको मन्थली नगरपालिका २ का वडा अध्यक्ष सुरेन्द्र बहादुर कार्कीले जानकारी बताए । उनका अनुसार कठजोर खोलामा आएको बाढीले स्थानीयहरू उद्धव ढुङेल अन्दाजी ३ रोपनी खेत¸ छत्र बहादुर ढुङेलको ६ रोपनी खेत¸ सिता भुजेलको ३ रोपनी खेत¸ उर्मिला भुजेलको मतानमा क्षति पुगेको छ भने घर जोखिम अवस्थामा रहेको मन्थली नगरपालिका २ का कठजोरका वडाध्यक्ष सुरेन्द्र बहादुर कार्कीले बताए ।

त्यसै गरी कृष्ण लोचन अधिकारीको २ रोपनी खेत¸ खोज बहादुर कार्की¸ अनन्त कार्की¸ अरि बहादुर कार्की र तेज बहादुर कार्कीको ८ रोपनी रोपनी खेत¸ नारायण कार्कीको ५ रोपनी¸ कैलाश थापाको ९ रोपनी¸ सरोज श्रेष्ठको ३ रोपनी खेत¸ उर्मिला कार्कीको घर सहित ३ रोपनी¸ सिताराम बस्नेतको १ रोपनी खेत¸ बद्री कार्कीको १ रोपनी खेत¸ रत्न बहादुर कार्कीको १ रोपनी¸ढाल बहादुर कार्की २ रोपनी¸ ललि माया कार्कीको २ रोपनी¸ हिरा बहादुर कार्कीको ३ रोपनी¸ रत्न बहादुर कार्कीको ३ रोपनी¸ भैरव कार्कीको २ रोपनी¸ गणेश थापा १ रोपनी खेतमा लगाएको धान बालीमा क्षति गरेको वडाध्यक्ष कार्कीले बताए ।

त्यस्तै बर्षका कारण लिखु तामाकोसी गाउँपालिका ५ का ४ घरधुरीमा क्षति हुदाँ १२ जना विस्थापित भएको रामेछाप प्रहरीले जनाएको छ । विस्थापित परिवारका सदस्यलाई मालिका आधारभुत बिद्यालयमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी गराएको छ ।