बाजुराको जगन्नाथमा युवा क्लबद्वारा विभिन्न ठाउँकाे सरसफाई तथा तरकारी खेती

1.4k
Shares

काठमाडौं ।

बाजुराको जगन्नाथमा युनिक स्पोर्ट युवा क्लबले विभिन्न ठाउँकाे सरसफाइ गरेको छ ।

बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका वडा नम्बर ५ को युनिक स्पोर्ट्स युवा क्लबले आफ्नो गाउँमा रहेको देबलकोट मावी, स्वास्थ्य चाैकी, वडा कार्यलय,दुधे सिल्ला प्रा.वि परिसरमा रहेको घाँस पाती सिस्नु जस्ता बुट्यानलाई काटेर टालिखेतदेखि देबलकोट मा. बि सम्म जाने बाटो सरसफाइ गरेको हो ।

असारे बिदा कारण बन्द रहेको विद्यालय बुधवारदेखि सञ्चालन भएको कक्षा कोठामा सर्प किरा जान सक्छ भन्ने डरले हामीले यो वरिपरि सरसफाइ गरेको नेकपा एमाले बाजुरा जगन्नाथगाउँ कमिटी सचिव टक्क कामीले बताए ।

यस विद्यालयमा काम गरेको १३ वर्ष भयो संघसस्था सरकारले बजेट हाल्यो समूह ब्यकि्त ले अहिले सम्म सहयोग नगरेको र यो युनिक स्पोर्ट युवा क्लबले पहिलो रेकर्ड राखेको विद्यालयका लेखापाल कलबहादुर शाहीले जानकारी दिए ।

क्लबका निकै राम्रा काम गरिरहेकाे उक्त कामलाई निरन्तरता दिन आग्रह गरेका छन् । उक्त क्लबले खेती गर्न योग्य छोडेको बाँझो जमिनमा आफ्नै लगानीमा तरकारी खेती सुरु गरेको छ । लामो समयदेखि बाँझो जमिनमा क्लबले आफ्नो लगानीमा त्यहाँ सिमी, सोस्टा, अलहर, भटमास जस्ता लहरे तरकारी बाली रोपेको छ ।

गाउँमा मान्छेले (धारछेउ) जमिनमा गाई गोरु, भेडा बाख्राहरूले लगाएको अन्नबालीहरू खाइदिने भएकोले दुख :ख हुने भएकोले कतिपयले जमिन बाँझो राखेको र प्रायः ले आफ्नो घरमा खेती लगाउने मान्छे नभएर नलगाएको समेत बताउने गरेको क्लबका अध्यक्ष नवीन सार्कीले बताएका छन् । गाउँमा गाई बस्तु, भेडा बाख्रा चराउने बन सानो छ, चरन क्षेत्रमा घाँस नपाउँदा वनमा नटिक्ने र लगाएको बालीनाली खाइदिने यस कारण उक्त क्षेत्रमा खेती नगरेको क्लबका सचिव सर्जन कामीले बताएका छन् ।