सहकारी पीडितद्वारा मानव साङ्लो बनाएर विरोध प्रदर्शन


काठमाडौँ।

सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको रत्नपार्कमा सहकारी पीडितहरुले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।

सरकारले गत जेठमा सहकारी पीडितहरूको बचत फिर्ता गर्नको लागि सहमति गरेको थियो, तर अहिलेसम्म कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले मुखमा टेप लगाएर सडक छेउमै मानव साङ्लो बनाएर विरोध गरेका हुन् ।

उनीहरुले ‘दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन् ।

तस्बिर: अनिल आङ्देम्बे